मुद्दा दर्ता गर्न जसपाका नेताहरु पुगे सरकारी वकिल कार्यालय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुद्दा दर्ता गर्न जसपाका नेताहरु पुगे सरकारी वकिल कार्यालय


१६ बैशाख २०७७, मंगलबार


काठमाडौं । ‘अपहरण’को मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेता अहिले सरकारी वकिलको कार्यालय बबरमहल पुगेका छन्। नेताहरु डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न मंगलबार  सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन्।

समाजवादी पार्टीका नेता राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठसँगै सांसद यादवसमेत छन्।

समाजवादी पार्टीका नेताहरुले सांसद यादवलाई दुई सांसद र पूर्वआईजीपी खनालले वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएको आरोप लगाएका छन्। उनीहरुले आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न मानेन् ।

समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरेको दाबी गरेका छन्। सांसद र आईजीपी खनालले भने उनकै सहमतिमा यादवलाई काठमाडौं ल्याएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस