वन कर्मचारीको गस्ती : अवैध काठ तस्करी गर्ने पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वन कर्मचारीको गस्ती : अवैध काठ तस्करी गर्ने पक्राउ


१६ बैशाख २०७७, मंगलबार


Forest काठ

सिरहा । लकडाउनको मौका छोपी अवैधरूपमा काठ तस्करी गरिरहेको अवस्थामा सोमबार साँझ वन कर्मचारीको टोलीले एक तस्करलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको विशेष गस्ती टोलीले वन क्षेत्रभित्रबाट अवैधरूपमा हरियो रुख कटान गरी चोरी तस्करी गरिरहेको अवस्थामा लहान नगरपालिका–१७ निवासी ५८ वर्षीय वकिल मियाँलाई पक्राउ गरेको हो ।

सामुदायिक वन क्षेत्रभित्रका साल जातको हरियो रुख कटान गरी तस्करी गरिरहेको अवस्थामा मियाँलाई पक्राउ गरिएको डिभिजनल वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

पक्राउ परेका मियाँलाई लहान नगरपालिका–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीको जिम्मा जमानीमा बुझाइएको प्रमुख दासले बताउनुभयो । त्यसैगरी सवडिभिजन वन कार्यालय बन्दीपुरअन्तर्गतको वन क्षेत्रमा अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा एक थान जेसिबी पक्राउ गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस