लकडाउनमा कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सूचना राजपत्रमा प्रकाशित - प्रशासन प्रशासन
prasaLogo
१५ बैशाख २०७७, सोमबार

लकडाउनमा कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सूचना राजपत्रमा प्रकाशित


प्रकाशित मिति : 27 April, 2020 6:48 pm

काठमाडौँ । लकडाउन अवधिभर कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो ।

सम्बन्धित समाचार : कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीलाई सार्वजनिक बिदा सरह सुविधा

सोही अनुसार सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्रमा भनिएको छ ‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आइको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस