निजामती कर्मचारी अस्पतालमा कोरोना परीक्षण स्वाब कलेक्सन बुथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजामती कर्मचारी अस्पतालमा कोरोना परीक्षण स्वाब कलेक्सन बुथ


१५ बैशाख २०७७, सोमबार


 

काठमाडौँ । निजामती कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।

काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको सहयोगमा स्वाब कलेक्सन बुथ राखिएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले जानकारी दिए ।

उनले कोरोना भाइरसको आशङ्का लागेका बिरामीहरूको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्सन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने सङ्क्रमणको जोखिमबाट जोगाउने बताए ।

त्यस्तै, यसको प्रयोगबाट स्वास्थ्य कर्मीले लगाउने पीपीइ लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरूलाई राम्रो सेवा दिन सक्ने निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक श्री डा.दिर्घ राज आरसिको भनाइ छ ।

स्वास्थ्यकर्मी र बिरामी दुवैलाई सङ्क्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने अध्यक्ष रावलको भनाई छ । राष्ट्रिय आविष्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रूपमा वैज्ञानिक र सुरक्षित रूपमा निर्माण गरिएको जनाएको छ । बुथमा प्रयोग गरिएका सामग्रीहरू गुणस्तरीय रहेको र बुथभित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ ।

यसका साथै सडक विभाग अन्तर्गतका कर्मचारीहरूबाट सङ्कलित एक लाख ३६ हजार रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । बुथ निर्माणबाट बाँकी रकम दुर्गम तथा जोखिममा रहेका अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरिएको रावलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस