जथाभाबी पास वितरण नगर्न प्रशासनलाई गृहको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जथाभाबी पास वितरण नगर्न प्रशासनलाई गृहको निर्देशन


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७७, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाउँदै जथाभाबी पास वितरण नगर्न प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

उपत्यकालगायत विभिन्न जिल्लाबाट घर जाने जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्यकीय सेवाबाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रूपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पुनः निर्देशन दिएको छ । पासको दुरुपयोग गरेर मानिसको भिडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस