सीमामा आवागमन वैशाख ३१ सम्म रोक्ने, दक्षिण कोरियामा कामदार पठाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सीमामा आवागमन वैशाख ३१ सम्म रोक्ने, दक्षिण कोरियामा कामदार पठाउने


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ सम्म रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाहिरबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरिसकेको छ ।

त्यसै गरी सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।

दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय बैठकले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस