मनमौजी टीकाटिप्पणी भएको पाएँ, प्रधानमन्त्रीसँग भएको यत्ति हो -बामदेव गौतम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मनमौजी टीकाटिप्पणी भएको पाएँ, प्रधानमन्त्रीसँग भएको यत्ति हो -बामदेव गौतम


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे स्पष्ट पारेका छन् ।

शनिवार प्रधानमन्त्रीसँग भएको कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टीकाटिप्पणी भएको बताउँदै उनले नेकपा, अन्य पार्टी र सरकारका बिच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको प्रस्ट पारेका हुन् ।

‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ’ जारी विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’

उनले प्रधानमन्त्री ओलीले धैर्यतापूर्वक आफ्नो सल्लाह सुनेको र थोरै बोलेकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस