कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन डब्ल्यूएचओको चेतावनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन डब्ल्यूएचओको चेतावनी


१३ बैशाख २०७७, शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको सङ्क्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएकोले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ ।

डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रो पटक हुन सक्ने सङ्क्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको बताएको छ ।

एक पटक निको भइसकेका बिरामीमा पुनः यो भाइरसको सङ्क्रमण हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको डब्ल्यूएचओले बताएको छ । निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्ने डब्ल्यूएचओले बताएको छ ।

केही मुलुकहरूले कोरोना भाइरसको एन्टिबडी विकास भएका मानिसमा पुनः कोरोना भाइरसको सङ्क्रमण नहुने सुझाव दिइरहेको भन्दै डब्ल्यूएचओले यस्तो कार्यले कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने बताएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस