लकडाउनको मोडालिटी बनाउने जिम्मा मुख्यसचिव नेतृत्वको कार्यदललाई « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

लकडाउनको मोडालिटी बनाउने जिम्मा मुख्यसचिव नेतृत्वको कार्यदललाई


१३ बैशाख २०७७, शनिबार


काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ।

शनिवार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।

यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिमु गठन गरेको थियो। कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन गठित उक्त टिम अन्तर्गतको कार्यदललाई लकडाउनको मोडालिटी बनाउने जिम्मा दिइएको हो।

कार्यदलमा मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका सुरक्षा प्रमुख रहेका छन्।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।

टिमले नेपाललगायत छिमेकी मुलुक भारत तथा समग्र परिवेश र परिस्थितिलाई मध्यनजर गरी लक डाउन खुकुलो बनाउने या यथास्थितिमै कायम राख्ने भन्नेबारे छलफल गरी विभिन्न बिकल्पसहितको मोडालिटि बनाउने छ । सोही आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस