सांसद ‘अपहरण’ गर्नेलाई छानबिन गरी कारबाही गर्न छ विद्यार्थी सङ्गठनको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद ‘अपहरण’ गर्नेलाई छानबिन गरी कारबाही गर्न छ विद्यार्थी सङ्गठनको माग


१३ बैशाख २०७७, शनिबार


काठमाडौँ । छ वटा विद्यार्थी सङ्गठनले सांसद अपहरण गर्नेलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी सङ्घ, विप्लव निकट अखिल(क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल(क्रान्तिकारी) ले सांसद अपहरण गर्नेलाई छानबिन गर्न माग गरेका हुन्।

उनीहरूले शनिवार निकालेको विज्ञप्तिमा ‘सांसदलाई जबरजस्ती मानसिक दबाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दछौँ’ उल्लेख छ ।

हालै समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौँ ल्याइएको थियो। ‘राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरी घटाइएको यस अपहरण काण्डमा संलग्न रहेकाहरूलाई सरकारले कारबाही नगरे हामी आफैँ कारबाही गर्न बाध्य हुनेछौँ,’ विद्यार्थी सङ्गठनले भनेको छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर नदेखिएको बताए। ‘जनतालाई घरमा थुनेर सरकार भने सडकमा भौँतारिएको छ,’ उनले भने, ‘सांसद यादव प्रकरणको सरकारले मसिनो गरी छानबिन गर्नुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस