भारतमा लकडाउन खुकुलो पार्दै पसल खोल्न अनुमती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा लकडाउन खुकुलो पार्दै पसल खोल्न अनुमती


१३ बैशाख २०७७, शनिबार


काठमाडौँ । भारतले कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ ।

भारतीय गृह मन्त्रालयद्वारा जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको हो ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन भने कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस