प्रधानमन्त्री ओली, दाहाल र देउवाबिच छलफल, परस्पर समझदारीमा जोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओली, दाहाल र देउवाबिच छलफल, परस्पर समझदारीमा जोड


१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगपनि सामूहिक छलफल गरेका छन् ।

ओली र देउवाबिच सुरु भएको छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएसँगै पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिइने बताइएको छ ।

काँग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएको थियो भने दलभित्रै पनि असहमतिका आवाजहरु उठेका थिए ।

सरकारको सिफारिसमा आजै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिसकेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस