काठमाडौँ प्रहरी प्रमुखमा श्याम, अपराध महाशाखामा दिपक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ प्रहरी प्रमुखमा श्याम, अपराध महाशाखामा दिपक


१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् ज्ञवाली प्रहरी महानिरीक्षक(आईजीपी) ठाकुर ज्ञवालीका भाइसमेत हुन् ।

त्यसैगरी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् थिए ।

काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको डीआईजीमा बढुवा भएसँगै सो ठाउँ रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस