पाँच सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


१२ बैशाख २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग तथा प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

जसअनुसार प्रदेश ६ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहसचिव राम आधार शाहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने शिक्षा मन्त्रालयका कमल प्रसाद पोखरेललाई सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ ।

त्यसै गरी कृषि विभागकी सहसचिव निरु दाहाल पाण्डेलाई प्रदेश नं. १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, प्रदेश नं. १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव विमल कुमार निर्मललाई प्रदेश नं. २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, प्रदेश नं. २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव गोविन्द प्रसाद शर्मालाई कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस