सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिद्वारा खारेज[पत्रसहित] « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिद्वारा खारेज[पत्रसहित]


१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । सरकारले ल्याएका दुवै अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार अध्यादेश खारेज गरेकी छिन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।

सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार ती अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस