प्रधानमन्त्रीले देउवालाई बालुवाटार बोलाए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले देउवालाई बालुवाटार बोलाए


१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार अहिले ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको छ ।

चौतर्फी विरोधपछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको केही घण्टापछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतालाई भेट्न लागेका हुन्।

पार्टीभित्रको समीकरणमा समेत पेलानमा पर्दै आएका बेला प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासँग परामर्श गर्न लागेका हुन् । कांग्रेसले विपक्षी दललाईसमेत बाइपास गर्दै संवैधानिक परिषदको बैठकको कार्यविधि फेरेर अध्यादेश ल्याएको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस