विरोधका शिल्पी हामी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विरोधका शिल्पी हामी


१२ बैशाख २०७७, शुक्रबार


आफ्नो काम छाडी अरू सबै जान्ने हामी
चर्को कुरा गरिगरि बन्न खोज्ने नामी
विरोधका शिल्पी हामी देख्छौँ खोटै खोट
कल्प वृक्ष क्षणभरमै बनाइ बीषबोट

बाटो माथि हेर हेर वारपार गर्ने पुल
पुलकै तल ठेलमठेल बाटो काट्ने हुल
विरोधका शिल्पी हामी देख्छौँ खोटै खोट
कल्प वृक्ष क्षणभरमै बनाइ बीषबोट

स्वार्थ जाँची चस्मा फेर्ने चाला हाम्रो कस्तो
विरोधको बजार यहाँ भयो साह्रै सस्तो
विरोधका शिल्पी हामी देख्छौँ खोटै खोट
कल्प वृक्ष क्षणभरमै बनाइ बीषबोट

धुलो पुच्छ्यौं ऐनामा मुहारको त्यो गति
दोष जति अरूतिर सुध्रिएन मति
विरोधका शिल्पी हामी देख्छौँ खोटै खोट
कल्प वृक्ष क्षणभरमै बनाइ बीषबोट

आऊ मिली सफा गरौँ विकासका मूल
हाम्रो चाला नबनोस् है देश दुख्ने शूल
विरोधका शिल्पी हामी देख्छौँ खोटै खोट
कल्प वृक्ष क्षणभरमै बनाइ बीषबोट

Tags :
प्रतिक्रिया दिनुहोस