पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


११ बैशाख २०७७, बिहिबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बिद्युतिय कारोबार ऐन अन्तर्गत पक्राउ परेका पूर्वसचिव भिम उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

केन्द्रीय साईबर ब्युरोले सामाजिक सञ्जालमा कोभिड–१९ का सम्बन्धमा अफवाह फैलाएको आरोपमा पूर्व सचिव भिम उपाध्यायलाई बुधबार राती कुसुन्तीस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनी बिरुद्ध बिद्युतिय कारोबार ऐन अन्तर्गत कारबाही सुरु भएको हो ।

सम्बन्धित समाचार : पूर्वसचिव भीम उपाध्याय पक्राउ

सामाजिक सञ्जालमा सक्रिय रहेका उपाध्यायले दुईजना कोभिड–१९ को संक्रमित फेला परेको गलत सूचना सम्प्रेषण गरेको आरोप छ ।

यसै विषयलाई लिएर पूर्व सचिव उपाध्याय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइराला बीचमा सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो । साथै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व एमाले पक्ति बिरुद्ध लगातार सामाजिक सञ्जालमा कडा रुपमा प्रस्तुत हुँदै आएका उपाध्यायलाई बुधबार साईबर अपराधमा पक्राउ गरिएको हो । उनको पक्राउका बिषयमा प्रहरीले आधिकारीक जानकारी सार्वजनिक गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस