अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक


११ बैशाख २०७७, बिहिबार


काठमाडौँ । पार्टीभित्र मात्रै होइन बाहिरसमेत चौतर्फी विरोध पछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कार्यवाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबिच अध्यादेशबारे भएको छलफलमा अध्यादेश फिर्ता लिनसक्ने सङ्केत देखाएका थिए ।

अध्यक्ष प्रचण्डले नेताहरूको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन भनेका थिए ।

पार्टीभित्रै विवाद भएपछि प्रधानमन्त्री ओली ब्याक हुन तयार भएको बालुवाटार स्रोतले जनाएको छ ।

संविधानको धारा ११४ को उपधारा २ ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस