‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता


११ बैशाख २०७७, बिहिबार


विराटनगर । ‘जनता समाजवादी पार्टी’ निर्वाचन बिहीबार आयोगमा दर्ता भएको छ । आज बिहान ११ निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीको दर्ता नम्बर १३८८ रहेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा दुवै दलका अध्यक्षसहितका नेताहरु पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् ।

पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको निवेदन पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताएका छन् ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएपछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको थियो ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस