नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा


११ बैशाख २०७७, बिहिबार


नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गरेको छ ।

बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धिताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस