पूर्वसचिव भीम उपाध्याय पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वसचिव भीम उपाध्याय पक्राउ


१० बैशाख २०७७, बुधबार


काठमाडौँ । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधवार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचार गरेको भन्दै उनलाई पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले प्रशासनलाई बताए ।

उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टैको हिरासतमा राखिएको छ ।

उपाध्यायलाई साइबर अपराधको कसुरमा बिहीबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने बताइएको छ । उनी पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस