बेवारिसे पैसा भेटिएपछि धनगढीको त्रिनगर हाटबजार सिल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेवारिसे पैसा भेटिएपछि धनगढीको त्रिनगर हाटबजार सिल


१० बैशाख २०७७, बुधबार


काठमाडौँ । कैलालीको सदरमुकाम धनगढीको त्रिनगर हाटबजारमा ५० र १०० रुपैयाँका फालिएको अवस्थामा ३ सय ५० बढी रुपैयाँ फेला परेसँगै  हाट बजार सिल गरिएको छ ।

बुधवार दिउँसो पैसा भेटिएपछि एक व्यापारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ।

पैसा फालिएको हो या खसेको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरी अधिकारीले जनाएका छन् ।

केही दिनअघि जनकपुरमा सडकमा पैसा खसेको भेटिएपछि स्थानीय त्रसित भएका थिए। पैसा खसाएको आशंकामा प्रहरीले दुई स्थानीय महिलालाई पक्राउ गर्दै कोरोना परीक्षणसमेत गराएको थियो । ती महिलाले पैसा खसाएको नभई खसेको बयान दिएपछि उनीहरूलाई प्रहरीले छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस