थप दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


१० बैशाख २०७७, बुधबार


काठमाडौं । थप दुईजना कोराना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् ।

योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।

अर्का संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिका(९ सुन्दरपुरका ईन्द्रबहादुर बिक भारतबाट आएका हुन् । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।

चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको थियो । त्यसअघि विदेशबाट आएका एकजनामा संक्रमण भएको थियो ।

संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप(महानगरपालिका(५ का ३४ वर्षीय अमृत शाहीलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ।

सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस