नेपाल भित्रियो तिब्बत सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल भित्रियो तिब्बत सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री


१० बैशाख २०७७, बुधबार


काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न कोरोना रोकथामसँग सम्बन्धित करिब सवा ८ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री तिब्बत सरकारले नेपाललाई अनुदानमा दिएको हो ।

बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

१० हजार थान एन ९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत सामाग्री छन् ।

चैत २८ गते तिब्बत सरकारको विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासा हस्तान्तरण गरेकी थिइन् ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई चीनको सद्भाव र सहयोग सधैं रहने चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख छ । चीनले आगामी दिनमा सहकार्य र समन्वय बढाउँदै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस