कुटपिट गरेको आरोपमा बाबु–छोरा पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कुटपिट गरेको आरोपमा बाबु–छोरा पक्राउ


प्रशासन संवाददाता

१० बैशाख २०७७, बुधबार


पक्राउ

अत्तरिया । महिलामाथि गालीगलौज तथा कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय नन्दकिशोर कलौनी र उनका २४ वर्षीय छोरा जगदीशलाई पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गालीगलौजसँगै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरी अनुता र ज्योतिलाई गालीगलौज गरी कुटपिट गर्दा टाउको र हातमा चोट लागि घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। दुवै बाबु–छोरालाई पक्राउ गरी म्याद थप लिइ अनुसन्धान भइरहेको र पीडितको उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

यसैगरी कैलालीमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले गौरीगङ्गा नगरपालिका–१० भगतपुर बस्ने २० वर्षीय केशव चौधरीलाई चोरीको आरोपमा पक्राउ गरेको हो । कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवकले विभिन्न मितिमा कैलारी गाउँपालिकाका दुई स्थानमा चोरी गरेको जानकारी दिए।

युवक चौधरीले गत चैत २० गते कैलारी गाउँपालिका–८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट लुगाकपडा, नगद, चेक, पासबुक गरी रु ५३ हजार ७५० र वैशाख ४ गते कबिर एण्ड राज ट्रेडर्समा मोबाइल, राउटर गरी रु ४९ हजार १५० बराबरको सामान चोरी गरेको जनाइएको छ । उनले घटना अनुसन्धानमा खटिइएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा ती युवकबाट सामान बरामद गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस