प्रदेश ५ मा पहिलो पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश ५ मा पहिलो पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ


प्रशासन संवाददाता

१० बैशाख २०७७, बुधबार


रुपन्देही । प्रदेश नम्बर ५ मा पहिलो पटक एक ७८ वर्षीय पुरुषमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।

चिसापानी सामुदायिक अस्पतालमा र्‍यापिड टेस्ट गरिएका पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय पुरुषमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनमा दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिए । उनले आज दिउँसो रिपोट आउने बताए ।

एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए ।

उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस