काठमाडौँमा २ जना नर्समा कोरोना संक्रमण ‘पोजेटिभ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँमा २ जना नर्समा कोरोना संक्रमण ‘पोजेटिभ’


९ बैशाख २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँमा दुई जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका दुई जना नर्समा दुई पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी गराएको छ ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरू दुवैलाई अहिले काठमाडौँको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका उनीहरूको पीसीआर विधिबाट परीक्षण हुँदै छ ।

उनीहरूको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस