धनगढीका कोरोना संक्रमित अर्का युवक पनि अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनगढीका कोरोना संक्रमित अर्का युवक पनि अस्पतालबाट डिस्चार्ज


९ बैशाख २०७७, मंगलबार


धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

३० दिनअघि अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका–५ का युवाको लगातार दोस्रो रिपोर्ट पोजिटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए।

दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।

उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए।

अन्य तीन जनाको भने उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस