कोरोना अपडेटः विश्वभर कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना अपडेटः विश्वभर कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु


९ बैशाख २०७७, मंगलबार


जेनेभा । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कोरोना संक्रमणको महादेशीय स्थिति

युरोप महादेशमा कूल ११,१९,६७६ जना संक्रमित छन् । ३,२६,२४९ निको भएका छन् भने कूल १,०४,५७९ जनाको मृत्युभएको छ ।

उत्तर अमेरिकामा कूल संक्रमितको संख्या ८,५२,३०८ छन पुगेको छ । जसमध्ये ८९,१६३ जना निको भएर घर गएका छन् भने ४५,४७६जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै एसिया महादेशमा ३,९८,७२९ जना संक्रमित छन् । जसमध्ये १,८७,०३ संक्रमित छन् । १५,१६६ जनाले ज्यान गुमाइसकेका छन् ।

दक्षिण अमेरिकामा संक्रमितको संख्या ८६,५९२पुगेको छ । मृत्यु हुनेको संख्या ४,०८२ जना मुगेको छ ।

अफ्रिकामा २४,२०९ जना संक्रमित भएका छन् भने १,१६४ जनाले ज्यान गुमाइसकेका छन् ।

ओसेनिया (अस्ट्रेलिया)मा ८,१८६ जना संक्रमित पुगकोमा ५,७३० निको भ एर घर फर्किसकेका छन् भने ८४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म विश्वभर विश्वभर २४,९०,४२१ जना संक्रकित भएका छन् । १,७०,५६६ जनाले ज्यान गुमाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस