प्रभु बैंकबाट तीन पालिकामा राहत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रभु बैंकबाट तीन पालिकामा राहत


प्रशासन संवाददाता

९ बैशाख २०७७, मंगलबार


दैलेख । नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ ।

बैंक दैलेख शाखाले चामल, दाल र नुन वितरण गरेको हो । बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए ।

बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस