लिग वान जुन १७ बाट सुरु गर्ने योजना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लिग वान जुन १७ बाट सुरु गर्ने योजना


९ बैशाख २०७७, मंगलबार


एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भइरसका कारण अहिले विश्व खेलकुदजगत ठप्प छ । यस्तो अवस्थामा कुनै पनि फुटबल प्रतियोगिता भइरहेका छैनन् । यस्तो अवस्थामा युरोपियन फुटबल लिगहरू धेरै मर्कामा परेका छन् ।

यो अवस्थालाई मध्यनजर गर्दै ‘लिग डी प्रोफेसनल’ले जुन १७ बाट फ्रान्सेली लिग वान र लिग टु पुनः सुरु गर्ने योजना बनाएको छ । उसले दुवै लिग जुलाई २५ सम्म सक्ने गरी योजना बनाइरहेको जनाएको छ ।

‘बोर्ड अफ डिरेक्टरले दुवै लिग अप्रिल १० देखि सुरु गरी जुलाई २५ सम्म सक्ने योजना बनाएका थिए । तर यो हुन सकेन । अब यो सिजनलाई सकाउने अन्तिम समय जुन १७ देखि जुलाई २५ सम्मका लागि राखिएको छ,’ एलएफपीको स्टेटमेन्टमा लेखिएको छ ।

फ्रान्समा पनि कोरोना भाइरसले ठूलो रूप लिएको छ । फ्रान्स सरकारले फुटबल लिगहरू सुचारु गर्ने अनुमति दिए मात्र नयाँ मितिमा सुरु हुनेछ । त्यसका लागि कोरोना भाइरसको अवस्था कस्तो रहने भन्ने पनि हुनेछ ।

‘एलएफपीले लिग सुरु गर्ने योजना बनाएको छ । तर, तोकिएकै मितिमा सरकारले लिग गर्ने सहमति जनाउँछ भन्ने पनि छैन । यो मितिमा लिग सुरु गर्न अनुमति पाए हामी बन्द रंगशालमा लिग गर्नेछौं,’ स्टेटमेन्टमा लेखिएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस