दल विभाजन सम्बन्धी अध्यादेश(राजपत्रसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दल विभाजन सम्बन्धी अध्यादेश(राजपत्रसहित)


९ बैशाख २०७७, मंगलबार


काठमाडौँ । कोरोना कहरको त्रसित माहौल एकाएक परिवर्तन हुँदै राजनीतिक सरगर्मी बढायो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै बढेको तापक्रम बिहानैदेखि परेको पानीलेसमेत सेलाउन सकेको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुर्‍याएको केही घण्टाभित्र राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएर आयो र रातारात राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

विद्यामान कानुनमा सङ्घीय संसद् र केन्द्रीय समितिको ४० प्रतिशत पुर्‍याए मात्र विभाजित भएको दलले मान्यता पाउने अवस्था थियो । तर, सरकारले अब सङ्घीय संसद् वा केन्द्रीय समितिको ४० प्रतिशत भए दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश आएको खबरले नेकपाभित्र हलचल ल्यायो । जसबाट खास गरी पूर्व माओवादीमा खेमा तरङ्गित भएको छ ।

यस्तो छ राजपत्र

Tags :
प्रतिक्रिया दिनुहोस