काँग्रेसले पनि बोलायो आकस्मिक बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसले पनि बोलायो आकस्मिक बैठक


८ बैशाख २०७७, सोमबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीहरूको आकस्मिक बैठक डाकेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि बिहान ९ बजे पदाधिकारीको बैठक बोलाएका हुन् ।

सरकारले आज राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद्का(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेपछि काँग्रेसले बैठक डाकेको काँग्रेसले जनाएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमप्रति गम्भीर असहमति जनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस