बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन -प्रवक्ता श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन -प्रवक्ता श्रेष्ठ


८ बैशाख २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न नसकिएको बताएका छन् । सोमबार साँझ ५ः३० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले गम्भीर राजनीतिक विषयमा पार्टीमा छलफल नभएकोले आकस्मिक बैठक बसेको बताएका हुन् ।

‘गम्भीर राजनीतिक विषय हो। पार्टीमा छलफल नभएकाले आकस्मिक बैठक बसेको थियो, सबैबाट आ-आफ्ना विचार प्रस्तुत भएका थिए।’ पार्टी प्रवक्ता श्रेष्ठले भने ‘बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन’

कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठेको श्रेष्ठले बताए। ‘पार्टी एकता मजबुत बनाउने र महामारीमा जुध्ने बेलामा अध्यादेश आउनु नहुने भन्ने कुरा उठ्यो’ श्रेष्ठले भने।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णयपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस