स्थायी कमिटी सदस्यलाई काठमाडौँ नछाड्न प्रचण्डको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थायी कमिटी सदस्यलाई काठमाडौँ नछाड्न प्रचण्डको निर्देशन


८ बैशाख २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका नछोड्न निर्देशन दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि प्रचण्डले पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुलाई केही दिनसम्म उपत्यका छाडेर बाहिर नजान र बाहिर भएकाहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन्

उर्जामन्त्री वर्षमान पुनले खुमलटार पेगर मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गरेपछि प्रचण्डले आफ्ना स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएको नेकपाका एक स्थामिटी सदस्यले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस