५ः३० बजे नेकपा सचिवालयको आकस्मिक बैठक ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ः३० बजे नेकपा सचिवालयको आकस्मिक बैठक !


८ बैशाख २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

अहिले साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार : दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेको भन्दै बैठक सकिएलगत्तै उर्जामन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउन खुमलटार पुगेका छन् ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् सकिए लगत्तै पूर्वमाओवादीका सबै मन्त्री प्रचण्ड निवासमा

 

प्रतिक्रिया दिनुहोस