काठमाडौंबाट ११० रुसी नागरिक लिएर उड्यो रोयल फ्लाइट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंबाट ११० रुसी नागरिक लिएर उड्यो रोयल फ्लाइट


८ बैशाख २०७७, सोमबार


काठमाडौं । रुसी रोयल फ्लाइट काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर आज दिउँसो १२ः४० बजे रुसको मस्को उडेको छ ।

आज विहान साढे १० बजे काठमाडौं पुगेको सो जहाज १२ः४० बजे मस्कोका लागि उडेको हो ।

नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को उडेको हो ।

अन्य देशहरुले नेपालबाड आफ्ना नागरिकहरुलाई फिर्ता लगिसकेका छन् । लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस