प्रदेश १ मा तेइस जना आइसोलेशनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ मा तेइस जना आइसोलेशनमा


प्रशासन संवाददाता

८ बैशाख २०७७, सोमबार


विराटनगर । कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ । धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस