मुस्लिम आयोगद्वारा विदेशी जमातीको विवरण माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुस्लिम आयोगद्वारा विदेशी जमातीको विवरण माग


७ बैशाख २०७७, आइतबार


काठमाडौँ । राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले जमातीहरुको विवरण मागेको हो ।

मुस्लिम आयोगको आइतबार बसेको बैठकले कुनै पनि मस्जिद र मदरसाहरूमा जमातीलाई नलुकाइएको प्रस्ट पार्दै मस्जिदमा रहेका व्यक्तिहरू स्थानीय प्रशासन र प्रहरीको निगरानीमा क्वारेन्टिनमा रहेको जनाएको छ ।

मुस्लिम धर्म प्रचारक जमातीहरुले कोरोना भाइरस संक्रमण फैलाएको भन्दै सिँगो समुदायमाथि नै लान्छित गर्ने प्रयास भएपछि आयोगले मुस्लिम सांसद र सबै दल आबद्ध मुस्लिम सङ्गठनका नेताहरुसहितको सर्वपक्षीय बैठक राखेको थियो ।

समिति गठनका बारेमा गृह मन्त्रालयमा जानकारी गराइएको र सबै जिल्ला प्रशासनमा समन्वय गरी मुस्लिम समुदायलाई लकडाउन पूर्ण पालना गराउन आह्वान गरिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस