काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, काठमाडौले कोरोना भाइरस(कोडिभ–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ हजार रकम जम्मा गरेको छ ।
संगठन स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमितिका अध्यक्ष अशोक कुमार पोखरेलले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई चेक हस्तान्तरण गरेका छन् ।