धनगढीका कोरोना संक्रमित युवा अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनगढीका कोरोना संक्रमित युवा अस्पतालबाट डिस्चार्ज


७ बैशाख २०७७, आइतबार


धनगढी । धनगढीका कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवक अस्पताल भर्ना भएको १६ औं दिनमा डिस्चार्ज भएका हुन् ।

भारतबाट आएका युवकलाई चैत २२ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको दोस्रो र तेस्रो रिपार्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता तथा इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।

डा. जोशीले युवकलाई घरमा भएपछि पनि सामाजिक दुरी कायम राखेर बस्न सुझाव दिएको बताए ।

उनी नेपालमा देखिएका कोरोना संक्रमितमध्ये सञ्चो भएर घर फर्किने चौथो व्यक्ति हुन् ।

अब सेती अस्पतालमा चार जना कोरोना संक्रमित उपचाररत छन् रहेका छन् । पछिल्लो परीक्षणमा चारै जनाको रिपोर्ट पोजिटिभ नै देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकै ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर १ कि ६५ वर्षीय महिला उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस