ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु


७ बैशाख २०७७, आइतबार


काठमाडौँ । ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।

शनिबार राति १२ बजे प्रहरी चौकी दोर्पुबाट ड्युटीमा खटिएका ३८ वर्षीय हवल्दार देवीप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको थियो।

एक्कासी छाती र पेट दुखेर उनलाई फाप्लु अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुले जनाएको छ । छाती र पेट दुख्यो भन्दै तीन बजे बेहोस भएपछि अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस