५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज (सूचनासहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज (सूचनासहित)


७ बैशाख २०७७, आइतबार


काठमाडौं । नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरेको हो ।

शुक्रबार निगमले एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको बताएको छ । बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको भन्दै खारेज गरिएको निगमले जनाएको छ ।

कैलाली अत्तरीयाको सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज नभएको बताएको छ ।

खारेज भएका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका थिए ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस