पर्सामा दुई पक्षबीच झडप हुँदा ८ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सामा दुई पक्षबीच झडप हुँदा ८ घाइते


प्रशासन संवाददाता

७ बैशाख २०७७, आइतबार


वीरगन्ज । पर्सामा दुई पक्षबीच झडप हुँदा आठ जना घाइते भएका छन् ।

पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार बेलुकी देवान र कलवार पक्षबीच झडप भएको पर्सा प्रहरीले बताएको छ ।

झडपमा दुवै पक्षका गरी ८ जना भन्दा बढी घाइते भएका छन् ।

देवान पक्षका फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी घाइते भएका छन्।

घाइतेहरुको वीरगन्जस्थित नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।

मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी केही व्यक्तिले ढुङगा, इँटा प्रहा गरेको विषयलाई लिएर झडप भएको जनाइएको छ ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस