मनकामनाका मन्दिरका पुजारीको बन्दुक प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनकामनाका मन्दिरका पुजारीको बन्दुक प्रहरी नियन्त्रणमा


प्रशासन संवाददाता

७ बैशाख २०७७, आइतबार


गोरखा । मनकामना मन्दिरका पुजारीको बन्दुक प्रहरीले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति नौ बजे साथमा ‘पोइन्ट टुटु’ नामक बन्दुक बोकेर हिडेको अवस्थामा पुजारी इन्सान थापा मगरको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको हो ।

लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकेर हिँडेपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताएका छन् । लाइसेन्स भएकाले पुजारी थापालाई भने नियन्त्रणमा नलिको उनले बताए ।

व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।

तर उनले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । शुक्रवार राति पनि शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस