पौडी खेल्न गएका दुई डुबेर बेपत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता


प्रशासन संवाददाता

७ बैशाख २०७७, आइतबार


ढल

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।

घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताए।

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् ।

डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए। आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस