अमेरिकासँग जोडिएको क्यानडाको सिमाना थप ३० दिनका लागि बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकासँग जोडिएको क्यानडाको सिमाना थप ३० दिनका लागि बन्द


७ बैशाख २०७७, आइतबार


काठमाडौं । क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जाखिमका कारण सिमाना बन्द गरेको क्यानडाले जनाउको छ ।

क्यानडाले कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । आउँदो मंगलबार यो प्रतिबन्ध सकिँदै थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस