सीमा क्षेत्रका नागरिक रातभर जागराम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सीमा क्षेत्रका नागरिक रातभर जागराम


प्रशासन संवाददाता

६ बैशाख २०७७, शनिबार


कपिलवस्तु । कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् ।

कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका अन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिए । ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताए ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताए । कपिलवस्तुको साीमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस