कोरोना संक्रमित १२ जनालाई विराटनगरको कोरोना विशेष अस्पताल भर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमित १२ जनालाई विराटनगरको कोरोना विशेष अस्पताल भर्ना


६ बैशाख २०७७, शनिबार


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई शुक्रबार रातिनै उदयपुरबाट चार वटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको हो।

कोरोना संक्रमित १२ जनालाई विराटनगर लगिँदै,

लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएकोमा पोजिटिभ देखिएको छैन ।

नेपालमा कोरोना संक्रतिको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि,

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा बसेका १६ मध्ये १२ मा कोरोना पोजेटिभ र ४ मा नेगेटिभ देखिएपछि सँगै बस्ने ४ जनालाई क्वारेन्टाइन लगिएको छ।

मोरङको टाँडीमा नेपाली सेनाको निगरानीमा रहेको क्वारेन्टाइनमा शुक्रबार राति नै उनिहरुलाई एम्बुलेन्सबाट लगिएको हो। उनीहरु भने नेपाली रहेको बताइएको छ। मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेको जिल्ला प्रशासन कार्याल उदयपुरले जनाएको छ।

लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेपछि उनीहरुको निगरानी र परीक्षण सुरु गरिएको थियो।

उदयपुर पुगेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका,

संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् ।

भारतबाट आएर उदयपुरको मस्जिदमा बसेका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि संक्रमित रहेको स्थानलाई शुक्रबार नै ‘सिल’ गरिएको छ। सामाजिक विकास मन्त्री घिमिरेले उनीहरु रहेको स्थानमा प्रहरी परिचालन गरी सिल गरिएको र उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस